लेखनाथ, १८ पुस । कास्कीको लेखनाथमा विहिवार देखि २०औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ ।लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गर्नु भयो ।
‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा राखिएको भगवान गौतम बुद्धको मुत्र्री अगाडी विश्व शान्तिको कामना गर्दै राखिएको दिप प्रज्वल गर्दै मुख्यमन्त्री पाण्डेले मेला महोत्सवलाई पर्यटन र स्थानिय उत्पादनसँग जोड्नुपर्ने बताउनु भयो । उहाँले स्थानिय क्षेत्रको आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताउँदै यस क्षेत्रको पर्यटनलाई पनि सँगै जोडेर लानुपर्नेमा जोड दिनु भएको थियो ।


मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले यसको विकासका लागी स्थल र हवाई कनेक्टीभिटी विकास हुनुपर्ने बताउनु भयो ।
यस क्षेत्रमा निर्माणधिन शडकहरु आगामी एक वर्ष भित्रमा सम्पन्न भईसक्ने त्यस पछि सडक मार्गबाट आवत जावत गर्न कुनै असुविधा नहुने बताउदै पोखराबाट अन्तराष्ट्रिय उडानका लागि सवै तहमा लभिङ भएको जानकारी गराउनु भयो । साथै मुख्यमन्त्री पाण्डेले विदेशी वस्तु ल्याउने र वेचेर मात्र हाम्रो आर्थीक अवस्थामा सुधार नआउने भएकाले अव हामी उत्पादन तर्फ लाग्नु पर्छ उहाँको सुझाव थियो ।
सोही अवसरमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज आधिकारीले निजी क्षेत्रबाट संचालन गरिएका यस प्रकारका मेला तथा महोत्सवले आर्थीक क्षेत्रलाई चलाएमान वनाउदै युवाहरुले स्वदेशमा नै केही गर्न सकिने सन्देश दिएको बताउनु भाये । सा उहाँउहाँले सानो पुजीले पनि केही गर्न सकिन्छ भन्ने भावनाले अगाडी वढ्ने हो भने राज्यको तर्फबाट पनि सहयोग हुने विश्वास ब्यक्त गर्नु भयो ।


कार्यक्रममा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले यस प्रकारका मेला तथा महोत्सवले स्थानिय उत्पादनलाई प्रवद्धन गर्ने देखि आफनो ठाउको पहिचान गराउन सहयोग पुगेको र कवि शिरोमणि लेखनाथको नामवाट परिचिय यस क्षेत्रको विकासका लागि साझा अवधारणको खाचो औल्याउँनु भएको थियो ।


सोही अवसरमा आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २० सस्करणसम्म आईपुग्दा चुनौतीका वावजुत पनि अवसरका रुपमा महोत्सव गर्दौ आएको र महोत्सवले यस क्षेत्रको पहिचान,यहाँ उत्पादीत वस्तुहरुको बजारीकरण र पर्यटन बिकासमा सहयोग पुगेको विश्वास दिलाउनु भयो ।


महोत्सव उद्घाटन समारोहमा गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्रि भेष बहादुर पौडेलले बैक तथा वित्तिय क्षेत्रमा देखिएको तरलतालाई लगानीको क्षेत्रमा वढवा दिनका लागि राज्यले लगानीमैत्री वातावरण सृजना गर्ने कार्ययोजना ल्याउन लागेको वताउनु भएको थियो भने राष्ट्रिय बाणिज्य बैकका उप कार्यकारी अधिकृत विमल ढंगोलले महोत्सवले लिएको नाराले आर्थीक तथा सामाजिक क्षेत्रको बिकासमा सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तारा बहादुर कार्की, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुमित श्रेष्ठ,नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विश्व प्रकास लामिछाने,झाँकी ¥याली ब्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी थापा मगर र संघका उप महासचिव भरतराज ओझा लगाएतले आ आफनो भनाई राख्नु भएको थियो ।
संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघकी महासचिव जानुका पराजुली अधिकारी र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गर्नु भएको थियो ।