पोखरा, पुष २० । कालिका माध्यमिक विद्यालय पोखरा–१० रामबजारले विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किकता, स्मरणशक्ति र अभिव्यक्ति कौशलता अभिवृद्धिका लागि विभिन्न अन्तरसदनात्मक प्रतियोगिताहरू शुक्रबार सम्मपन्न गरेको छ ।
विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रफुस्टन गर्ने उद्धेश्यले आयोजना गरीका उक्त प्रतियोगिताहरुमा कक्षा नर्सरी देखि कक्षा तीन सम्म स्मरणशक्ति प्रतियोगिता, कक्षा चार र पाँचका विद्यार्थी विचमा गणित हाजिरीजवाफ प्रतियोगिता र कक्षा छ देखि नौ सम्मको क्तृत्वकला प्रतियोगिता सम्पन्न भएका छन् ।
स्मरणशक्ति प्रतियोगितामा पहिलो समूह तर्फ कमा नर्सरी तथा कक्षा के.जी.लाई समावेश गरिएको थियो भने उक्त समुहबाट अनिशा कोहाटा प्रथम , अनिशा पुन द्धितीय, प्रनिशे नेपाली तृतीय र अनार सुनार सान्त्वना भएका थिए ।
त्यसैगरी दोस्रो समुहमा कक्षा एक देखि कक्षा तीन सम्मका विद्यार्थीहरुलाई समावेश गरिएको सोही स्मरणशक्ति प्रतियोगिताबट अभिषेक के.सी. प्रथम, सुनीला परियार द्वितीय, शुशान्त पाण्डे र वर्षा थापा तृतीय र रविना मगर र लक्ष्मी बडुवाल सान्त्वना भएका थिए ।
गणित हाजिरीजवाफ प्रतियोगिता
गणित हाजिरीजवाफ प्रतियोगितामा ग्रीन सदनले उत्कृष्ट प्रदर्शन गर्दै उक्त सदनका विद्यार्थीहरु मोहमद आसिफ अन्सारी, दृष्टि पौडेल, उम कूल्सुङ, र मनोज सुनुवारले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । त्यस्तै प्रतियोगितामा दोस्रो स्थान पहेँलो सदन भएको थियो । जसमा देवीसा सुवेदी, निशुमा बिके, शिवम जयसवाल, र मन्दिप परियार रहेका थिए । नीलो सदन तृतीय भएको थियो । उक्त सदनका द्यिार्थीहरु देबिशा खण्डोलुक मगर, आरोही परियार, दर्शन चौधरी, र आहिर बारामले तृतिय स्थान प्राप्त गर्न सफल भए।
वक्तृत्वकला प्रतियोगिता
कक्षा छ देखि नौ सम्म सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा रातो सदनका आयुस खनालले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । त्यसतै गरी हरियो सदनका मनोज जाग्री द्धितीय र पंहेलो सदनका लक्ष्मण बहादुर कुँवरले तृतीय स्थान हात पार्न सफल भए भने पंहेलो सदकी कक्षा नौमा अध्ययनरत लक्ष्मिकुमारी बरहीले सान्त्वना पुरस्कार प्राप्त गरिन।
कक्षा छ देखि नौ सम्म अध्ययनरत बिद्यार्थीका विचमा सञ्चालित प्रतियोगिताको शिर्षक पठन संस्कृतिमा पुस्तकालयको महत्च भन्ने रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य परमेश्वर बहादुर कार्की तथा प्रधानाध्यापक श्रीराम आचार्यको विशेष उपस्थिती रहेको थियो। कार्यक्रमको संयोजन विद्यालयका सहायक प्रधानाध्यापक तथा अतिरिक्त क्रियाकलाप प्रमुख कुशल लामिछानेले गर्नु भएको थियो भने छात्रा आकृती भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । वक्तृत्वकला प्रतियोगिताको निर्णायकहरूमा शिक्षक त्रय रामप्रसाद गौतम, भवानीशंकर सुवेदी, र शिवजी तिवारी रहनु भएको थियो। शिक्षक विजय सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
त्यस्तै गणित हाजिरीजवाफ प्रतियोगिताको क्विज मास्टरको भुमिका प्रा. वि. ईन्चार्ज लेकमाया पुन तथा शिक्षक रानु थापाले निर्वाह गर्नु भएको थियो। भ्ने कार्यक्रमका संयोजक कुशल लामिछानेले आगामी दिनमा विद्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको नेतृत्व क्षमता र सिर्जनात्मकताको विकासमा योगदान पु¥याउदै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको शिक्षक शिवजी तिवारीले जानकारी दिनुभयो ।