लेखनाथ, २ माघ । गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका महा निर्देशक प्रमुख अम्विका आचार्यले शिक्षा क्षेत्रमा धनको लगानी गरेर मात्र गुणस्तर नआउने बताउनु भयो । पोखरा महानगरपालिका वडा नंं ३२, राजाको चौतारा स्थित ब्रह्मरुपा माविको ४५ औं वार्षिकोत्सव तथा ६४ औं अभिभावक दिवस एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै महानिर्देशक आचार्यले गण्डकी प्रदेश सरकारले जागरण अभियान गरेको ‘विराट चक्र अभियान‘ मा लाग्न सरोकारवालालाई आग्रह गर्दे नेपालमै टिक्ने टिकाउने रोजगार मूलक प्राविधिक शिक्षा, नागरिक शिक्षा , सांगितीक शिक्षा हुनुपर्नेमा जोड दिनु भयो । बालबालिकाको इच्छा र आकांक्षा अनुसारको शिक्षा दिई प्रविधिसँग जुध्ने ज्ञान नै गुणस्तरीय शिक्षा भएकाले यसमा सबै पक्ष ला्न आग्रह गर्नु भयो । उहाँले विद्यालयको भौतिक विकासको प्रदेश सरकारले सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा जर्ज ओभर ल्याक किन्डर गार्डेन संस्थाका अध्यक्ष एवं बरिष्ठ प्राध्यापक डा. कृष्णप्रसाद भण्डारीले ‘ पढ्दै कमाउदै ‘ कार्यक्रमलाई यस विद्यालयका १२ कक्षा उर्तिण पाँच जना उत्कृष्ट छात्र छात्रालाई २०८२ देखी निरन्तर रुपमा जर्मनीमा स्नातक तह अध्ययनका लागि छात्रवृत्तीको घोषणा गर्दै विद्यालयको शिक्षालाई व्यवस्थित र गुणस्तरीय शिक्षा बनाउने प्रयासमा आफूहरू निरन्तर लागि परेको र आगामी दिनमा पनि सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नु भयो ।
सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य लेखनाथ पन्थीले विद्यालय रहेको सभाहलको लागि दुइलाख बरावरको आवश्यक १५० भन्दा वढि कुर्चि विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा पूर्व विद्यार्थी एवं समाजसेवी किसान परियार, विद्यालयका पूर्व वि.व्य.स.सदस्य यमबहादुर वि.क., कक्षा १२ का छात्र मौसम वि.क., कक्षा ५ कि छात्रा शिलादेवी बसौला, लगायतले विद्यालयको प्रगतिका बारेमा चर्च गनुृ भएको थियो ।
विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले विद्यालयको प्रगति विवरण र भावी योजना प्रस्तुत गर्दै प्राविधिक शिक्षालाई अझ गुुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गनुृ भयो । विद्यार्थीहरूले पिटी प्रदर्शन गरेका थिए भने शैक्षिक सत्र २०८० का उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयको शैक्षिक एवं भौतिक विकासमा योगदान दिनुहुने विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्यहरु रविराज तिवारी, लेखनाथ पन्थी, महेश्वर पौडेल विष्णु रिमाल दिर्घसेवा पदकबाट विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदी, सहायक प्रधानाध्यापक मधुसुधन सापकोटा, शिक्षक भगवती पण्डित, लक्ष्मी तिवारी, वर्ष शिक्षक पुरस्कार शिवराज तिवारी, उत्कृष्ट शिक्षक पुरस्कार महेश्वर पण्डित, नवराज अधिकारी, सुरेश भण्डारी, पुकार पौडेल, सर्वेन्द्र अधिकारी, पुकार श्रेष्ठ, सिर्जन पण्डित, रेखा ओझा, विश्वरञ्जन सुवेदी, संगिता कंडेल, इन्दिरा तिवारी, यज्ञप्रसाद न्यौपाने, अनुषा ढकाल, सुनिता न्यौपाने र कर्मचारीमा उदय गिरीलाई सम्मान गरिएको थियो ।
विद्यालयमा बम हिरा छात्रवृत्ति ( स्व. हिरा कुमारीकी सुपुत्री श्री मैया देवी बस्नेत , विचित्र मोहन स्मृती छात्रवृत्ति, चिरञ्जीवि घिमिरे स्मृती शिक्षा सम्मान, हरिप्रसाद पंगेनी पुरस्कार भाधव इन्दिरा छात्रवृत्ति, पूर्ण रामकृष्ण इन्द्र स्मृती शैक्षिक पुरस्कार, नक्षत्रबहादुर÷उखुमाया बस्नेत शैक्षिक पुरस्कार, स्व. लोकनाथ न्यौपाने स्मृति छात्रवृत्ति, गंगाप्रसाद राजभण्डारी स्मृति पुरस्कार, विष्णु तुलसी पौडेल स्मृति पुरस्कार, लोकराज अधिकारी मैना सुवेदी स्मृती पुरस्कार, गोपीराज राधादेवी शैक्षिक पुरस्कार, कविराज खनाल कम्प्युटर पुरस्कार, वाटिका अवार्ड, पाठशाला स्टेशनरी एण्ड गिफ्ट पुरस्कार, जिवृद्धा छात्रवृत्ति, सरिता पौडेल स्मृति पुरस्कार रहेका छन् ।
२०१८ सालमा स्थापना भएको विद्यालयमा ७ सयभन्दा बढी विद्यार्थी र ४९ जना शिक्षक कर्मचारी छन् । विद्यालयमा प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ अन्तर्गत कक्षा ९ देखि १२ सम्म र कक्षा ६ देखि १० सम्म अंग्रेजी माध्यमका साथै नेपाली माध्यमका विषयको अध्यापन हुँदै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले स्वागत, शिक्षक अभिभावक संघका अध्यक्ष भोजराज पौडेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन शिक्षकद्धय विश्वमोहन पौडेल र महेश्वर पण्डितले गर्नु भएको शिक्षक कविराज खनालले जानकारी दिनु भयो ।