गाउँले मिडिया / सम्वाददाता
गण्डकी प्रदेशका सांसद एवम् निवर्तमान मुख्यमन्त्रि खगराज अधिकारीले प्राकृतिक साधन, स्रोत र खजिन पदार्थ विकास निर्माणका सम्पति भएको बताउनु भयो । नागरिक परोपकार समन्वय संस्था कास्कीको आयोजनामा आगलागी तथा डढेलो सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले ठूला ठूला औद्योगिक राष्ट्रका कारण हिमाल सुक्दै जाँदा प्रदुषण हुँदै जाँदा हिमनदी सुक्ने र समुन्द्र पनि सुक्दै जाँदा प्रलय हुने बताउनु भयो । संघिय सरकारका पूर्व गृहमन्त्री समेत रहनु भएका अधिकारीले मानवीय कृयाकलापबाट वनजङ्गलमा डढेलो लगाउँदा चराचुरङ्गी देखी जनावार मौरी नासीदै जाने बताउनु भयो । मानवीय लापारवायीका कारण वनमा डढेलो लाग्ने गरेको बताउँदै यसबाट वनपैदाबरको नष्ट हुने र मानव जीवनमा असर पर्ने हुँदा हुनाले यसबाट सबै सचेत हुन आग्रह गर्नु भयो ।
नागरीक परोपकार समन्वय संस्थाले आगलगी तथा डढेलो सम्बन्धि सचेतना कार्यक्रमलाई आयोजना गरेकोमा खुशी लागेको बताउँदै आगाी दिनमा संस्थाका कार्यहरुमा आफ्रनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी पोखरा ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले नागरीक परोपकार संस्थाले मानवीय कार्यहरु गर्दै आएको चर्चा गर्दै यसले विपत परेको बेलामा सहयोग गर्दै आएको बताउनु भयो । आगामी दिनमा प्रदेश, महानगर र स्थानीय नियकायबाट विपत शीर्षकमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिंदै यसको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गने प्रतिबद्धता व्यक्त गर्नु भयो । नागरी परोपकार संस्थाले आफ्नो क्षमता अनुसार सामाजिक तथा मानवीय सेवा्का कार्यहरु निरन्तर गर्दै आएको बताउँदै समाजमा आगजानी हुन सक्ने बताउँदै यसबाट बच्न र आगलागी लाग्न नदिन टोल टोलमा सचेतना कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।
गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालाले आफू जनप्रतिनिधि हुँद नागरीक परोपकार संस्थाको स्थापना भएको बताउँदै विगत देखि नै यसले सामाजिक उत्तरदायित्व अन्तगरगत सामाजिक कार्य गर्दै आएको बताउनु भयो । संस्था स्थापना गर्नु भन्दा पनि यसलाई कसरी निरन्तर रुपमा सन्चालन गर्ने भन्ने कुरा महत्वपूर्ण भएको बताउनु भयो । समाजमा नकारात्मक कार्यको मात्रै टिकाटिप्पणी हुने गरेको गुनासो गर्दै कोइरालाले समाजमा भएका विकास निर्माणका कार्यलाई सकारात्मक सोचले हेर्न आग्रह गर्नु भयो । केही नेताहरुका कमीकम्जोरकिा कारण व्यवस्था नै गलत भएको सोच्नु गलत सोचाइ भएको बताउनु भयो । नागरीक परोपकार संस्थाले गर्ने सामाजिक कार्यमा आफ्नो सदैव साथ र सहयोग रहने बताउनु भयो ।
यसै गरी कालिका गण कास्की मालेपाटनका गणपती सशस्त्र प्र.उ. सुर्य प्रसाद तिमिल्सेनाले नागरीक परोपकार संस्थाले विगत देखि नै आगजानी तथा डढेलो सम्बन्धि सचेतना कार्यक्रम गर्दै आएको र यस्ता कार्यक्रमले समाजमा हुन सक्ने विपतका कार्यक्रमलाई न्युनिकरण गर्ने सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । कालिका गणले विगत देखि नै समन्वयले आयोजना गर्ने यस्ता सचेतना कार्यक्रमहरुमा सहयोग गर्दै आएको बताउँदै नागरीक स्यम पनि सचेत हुन जरुरी रहेको बताउनु भयो ।
संस्थाका अध्यक्ष देवराज पन्थीले स्वागत गर्दै संस्थाले गरेका कार्यको बारेमा चर्चा गर्नू भएको थियो । यसै गरी संस्थाका निवर्तमान अध्यक्ष चिरञ्जिवी तिवारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सस्थाका सचिव शिवराज सुवेदीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाको नयाँ वर्ष २०८२ को भित्ते पात्रोको समेत लोकार्पण गरिएको थियो भने कालिका गण ससस्त्र प्रहरीद्धारा वन जङ्गलमा आगलागी हुँदा आगो नियन्त्रण गर्ने उपाय, घरमा सिलिण्डर ग्याँस लिक भएर विस्पोटनबाट बच्ने उपाय , मानव शरीरमा आगो लाग्दा आगो निभाउने उपायहरुका बारेमा डेमो सहित प्रशिक्षण दिइएको थियो ।