काठमाडौँ – खाडी मुलुक केन्द्रित वैदेशिक रोजगारीलाई प्राथमिकता दिएको नेपालले अव भने नयाँ गन्तव्य मुलुकहरूसँग श्रम सम्झौताको तयारी गरेको छ ।
नेपालले हालसम्म १२ वटा मुलुकमा श्रम सम्झौता गरिसकेको छ । अव नयाँ गन्तव्य अर्थात् युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि नेपाल सरकारले विभिन्न चरणका छलफल गदै आएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय युरोपका मुलुकबाट नेपाली दक्ष कामदारको माग बढी आएका कारण त्यसतर्फ सरकारले तयारी थालेको हो । अहिले युरोपेली मुलुकहरू जर्मन, स्पेन, पोर्चुगल,माल्टा,पोल्यान्ड,क्रोएसियाबाट नेपाली दक्ष कामदारको माग बढी आएको मन्त्रालयले जनाएको छ ।
खाडी मुलुकभन्दा युरोपियन मुलुकमा राम्रो सेवा सुविधा सहित सुरक्षित रोजगारीको व्यवस्था भएका कारण अव देखि वैदेशिक रोजगार जाने नेपाली कामदारलाई युरोप गन्तव्य बनाउने तयारी सरकारले गरेको हो ।
त्यसका लागि सरकार सम्बन्धित मुलुकमा रहेका नेपाल स्थित नियोगसँग निरन्तर छलफलमा रहेको र केही मुलुकसँग आउँदो मङ्सिर भित्र श्रम सम्झौता गर्ने तयारी छ ।
युरोपका नयाँ गन्तव्य मुलुकमा भने दक्ष कामदार मात्र पठाउने गरी द्विपक्षीय श्रम सम्झौता गर्ने तयारी मन्त्रालयको छ ।
नेपालले २०५२ सालदेखि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृत दिने गरेको छ । हालसम्म मलेसिया, कतार, कोरिया, युएई, बहराइन,जापान, इजरायल, मोरीसस,जोर्डन,कुवेत,रोमानिया साउदी अरविया गरी १२ वटा मुलुकसँग श्रम सम्झौता गरिसकेको छ ।
सय ११ मुलुकमा संस्थागत र १ सय ७८ मुलुकमा व्यक्तिगत रूपमा कामदारहरू वैदेशिक रोजगारका लागि जाने गरेका छन् । २०५२ सालदेखि हालसम्म करिब ८४ लाखले श्रम स्कीकृत लिई सकेका छन् ।।