देशको हितमा काम गर्न युवा पुस्तालाइ गण्डककी प्रदेशप्रमुख कुँबरको आग्रह

  • ख-
  • ख+

पोखरा, २७ मंसिर ।
देशको हितमा काम गर्न युवा पुस्तालाइ गण्डककी प्रदेशप्रमुख कुँबरले आग्रह गरेका छन् । पोखरामा बुधबारदेखी शुरु भएको ईक्यान शैक्षिक मेलाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रदेश प्रमुख कुँबरले युवा पुस्ताले बैदेशिक शिक्षापछि स्वदेश फर्केर देशको सेवा गर्नुपर्नेमा जोड दिएका छन् ।
शैक्षिक परामर्शदाता संस्थाले विद्यार्थीहरुलाई विदेशमा शिक्षा हासिल गरेपछि उतै बस्ने नभई स्वदेशको हित र विकासको लागि फर्कनुपर्दछ भन्ने राष्ट्रप्रतिको निष्ठा र देशभक्तिको भावना जागृत हुनेगरि परामर्श दिईनु पर्ने उनको भनाई छ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले नेपालमा शिक्षामा प्रत्यक्ष बैदेशिक लगानी भित्राउने षडयन्त्र भइरहेको भन्दै त्यो कदापी स्विकार्य नहुने चेतावनी दिए । ईक्यानका केन्द्रीय महासचिव शेषराज भट्टराईले केहि पहिलेसम्म नेपालका औंलामा गनिने परिवारका छोराछोरी मात्र अध्ययनका लागि विदेश जानसक्ने अवस्था रहेपनि शैक्षिक परामर्श दातृ संस्थाकै कारण अहिले सामान्य वा मध्यम परिवारका छोराछोरीहरु पनि शिक्षाका लागि विदेश जानसक्ने वातावरण बनेको बताए ।
तीन दिनसम्म चल्ने शैक्षिक मेलामा पेभेलियनसहित ७० वटा स्टल रहेका छन् । अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेशलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी हुने ईक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्