गोर्खा ब्वाइजलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

  • ख-
  • ख+

कैलाली, पुस २७ ।

संकटा क्लब धनगढीमा जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप’को क्वार्टरफाइनलमा प्रवेश गरको छ । शुक्रबार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० ले पराजित गर्दै संकटा अन्तिम आठमा पुगेको हो ।

धनगढी रंगशालामा संकटालाई जिताउनेक्रममा पहिलो हाफको इन्जुरी समयमा रवि सिलवाल र ८३औं मिनेटमा एलोन म्याक्सवेलले एक/एक गोल गरे । शनिबारदेखि प्रतियोगिताको क्वार्टरफाइनल चरणका खेलहरु सुरु हुनेछन् ।

पहिलो क्वार्टरफाइनलमा शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर आमने–सामने हुनेछन् । १२ टोली सहभागी प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्