पोखरा २६ मा मेलमिलाप केन्द्र स्थापना

  • ख-
  • ख+

पोखरा, २७ पुष ।
पोखरा महानगरपालिकाको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापनालाई तिव्रता दिएको छ । समितिले शुक्रबार पोखरा महानगरपालिका वडा नम्वर २६ र ३२ मा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।
पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले दुवै वडामा मेलमिलाप केन्द्रको उद्घाटन गरिइन् । वडा नम्वर २६ को मेलमिलाप केन्द्रको उद्घाटनपछि बोल्दै न्यायिक समिति संयोजक गुरुङले मेलमिलापकर्ताले मेलमिलापको उद्देश्य र भावना अनुसार काम गर्नुपर्नेमा जोड दिइन् ।

मेलमिलापक केन्द्र स्थापना ऐन, कानुन निर्माण र भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने दायित्व स्थानीय तहकै भएकाले केही ढिला भएको र पछिल्लो सयम न्यायिक समितिलाई गति प्रदान गरेको उनले बताइन् ।
न्यायिक समितिका सदस्य किशोर बरालले विवादलाई वडा तहबाटै समाधान गर्ने उद्देश्यले संविधानले न्यायिक समितिको ब्यवस्था गरेको बताउदै संविधान र स्थानीय सरकार संचालन ऐन अनुसार विवादको निरुपण गर्नुपर्नेमा जोड दिए । वडा नम्वर २६ का अध्यक्ष नारायणप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता विनि माधव अधिकारी, न्यायिक समितिका उजुरी प्रशासक राममणी अधिकारी लगायतले बोलेका थिए । वडा नम्वर २६ मा ६ जना मेलमिलापकर्ता रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्