नवौ पोखरा महोत्सव सुरु,

  • ख-
  • ख+

त्यसैगरी महिलाहरुलाई समेत समृद्ध बनाउनका लागी नेपाल सरकारले विभिन्न योजनाहरु अगाडी सारेको वताउदै नवौ संस्करणको पोखरा महोत्सव महोत्सवको पनि महोत्सव बनिसकेको वताए । सामाजिक काम गरेकै कारण पोखरेली जनताले महोत्सवलाई साथ दिएर हजारौको संख्यामा महोत्सवमा सहभागी भइरहदा महोत्सवको शुरुवात संगै महोत्सव सफल बनेको तिमिल्सिनाको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले महोत्सवकै आयोजना गरी चिडियाखाना निर्माण शुरु भएको र यो अभियान तीब्र रुपमा अगाडी वढिरहदा समग्र गण्डकी प्रदेशकै गौरवको योजना भएको वताए । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक कोइरालाले पोखरा महोत्सवल सामाजिक क्षेत्रमा पुर्याएको योगदानको सवैले कदर गरी यस्ता सामाजिक काममा सवैले साथ दिनुपर्ने आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने वताए ।

त्यस्तै प्रकृति सरंक्षण कोषका पूर्व सदस्य सचिव तथा चिडियाखाना विज्ञ जुद्ध वहादुर गुरुङले पोखरामा बन्ने जुलोजिकल पार्क नेपालकै खुल्ला चिडियाखाना अवधारणामा निर्माण हुने भएकाले जीवजन्तुको संरक्षणमा ठूलो टेवा पुग्ने र गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थल बन्ने वताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले युनाइटेड क्लव संग स्थापना कालदेखीनै सहकार्य गर्दै आइरहेको र नवौ संस्करण सम्म आइपुग्दा थुप्रै सामाजिक काम संगै गण्डकी प्रदेशमै एकमात्र नमुना पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा अगाडी वढिरहदा आफ्नो तर्फबाट समेत सहयोग गर्ने वताए ।

मुख्य प्रायोजकको तर्फबाट मुख्य प्रायोजक प्रतिनिधी सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश कुमार चौधरीले पोखरा महोत्सव संगै विगतदेखीनै सहकार्य गर्दै आइरहदा महोत्सवकै आयोजना गरी सामाजिक काम संगै नया पर्यटकीय गन्तब्य चिडियाखाना बनाएर गण्डकी प्रदेश नमुना प्रदेश बन्ने वताए । त्यस्तै पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले महोत्सवकै आयोजना गरी पोखरामा खुल्ला चिडियाखाना अवधारणामा पचभैयामा जुलोजिकल पार्क निर्माणको काम तीब्र रुपमा अगाडी वढिरहेको वताउदै हाल प्रदेश सरकारको सहयोगमा डेढ करोडको लगानीमा काम भइरहेको वताउदै आगामी असोज महिनादेखी सर्वसाधारणका लागी जुलोजिकल पार्क खुल्ला गरिने वताए ।

क्लवका अध्यक्ष तथा नवौ पोखरा महोत्सव आयोजक मुल समारोह समितीका संयोजक लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनैतिक दललाई प्रतिनिधी गर्दै नेकपा कास्कीका जिल्ला संयन्त्र सदस्य दामोदर बैरागी, वडा नम्बर १२ का अध्ययक्ष राम बहादुर कार्की , अमरसिंह माविका तेजस्वी वराल, गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष सन्जीव बहादुर कोइराला, शान्ती दर्शन महिला समुहकी अध्यक्ष दिलमाया गुरुङ लगायतले महोत्सवको सफलताको शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लवका महासचिव तथा प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले गरेका थिएभने कार्यक्रममा क्लवका उपाध्यक्ष तथा महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

यसैविच महोत्सव पूर्व पोखरा रंगशाला देखी महोत्सव स्थल सम्म विभिन्न जातजातिको भेषभुषा झल्कने झांकी तथा र्यालीको आयोजना गरिएको थियो । र्यालीमा झांकीतर्फ राम बजार पुन समाज प्रथम भएको छ भने चिउलीपार्चे तमु समाज दोश्रो, नेपाल मगर संघ कास्की तेश्रो भएभने तनहु तमु समाज र बुढीबजार तमु समाजले शान्तवना स्थान हासिल गर्न सफल भए । र्याली तर्फ पोखरा १० माछापुच्छ«े टोलको ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयल प्रथम स्थान हासिल गर्न सफल भयोभने लक्ष्मी टोल आमा समुह द्धितिय र जनप्रियटोल आमा समुहले तृतीय स्थान हासिल गर्न सफल भयो । र्यालीतर्फ भद्रकाली दिदी बहिनी समुह र स्वर्णीम टोल महिला समुहले शान्तवना स्थान हासिल गर्न सफल भए । त्यसैगरी झांकी तर्फ एकल सोलाल गुरुङ र बुद्ध गुरुङ पुरस्कृत भएभने रामबजार जेष्ठ नागरिक मिलन केन्द्र रामबजार र परोपकार जेष्ठ नागरिक मिलन केन्द्र समेत पुरस्कृत भए ।

महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ जीवन दाहाल, काजल गुरुङ, शिवहरी ढुंगाना, शंकर बिरही गुरुङ, टेक क्षेत्री लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभ कन्सर्टमा इन्फ्लेम ब्याण्ड र प्रोभर्सको प्रस्तुती रहेको थियो । यसैगरी महोत्सवको दोश्रो दिन शनिवार लोकदोहोरी तर्फ रामजी खांड, प्रजापति पराजुली, शिवहरी ढुंगाना, इश्वर सिंह, टेक क्षेत्री, सरस्वती लामिछाने, निश्चल दवाडी, सरिता थापा र तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझ लाइभ कन्सर्टतर्फ चर्चित र्यापर लाहुरेको प्रस्तुती रहने छ ।

यसैविच महोत्सवको प्रत्येक दिन तरेली सांस्कृतीक परिवारको बिशेष सांस्कृतिक प्रस्तुती रहनेछभने शनिवार घासीकुवा युवा क्लव तनहुको सहयोगमा मगर समुदायको प्रचलित मौलिक नृत्य कौराको समेत प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्