भगवती बजार माघे संक्रान्ति मेलामा दर्शकको घुइचो

  • ख-
  • ख+

पोखरा, १ माघ ।
कास्की जिल्लाको मादी गाँउपालिका ११ भगवती बजारमा ऐतिहासिक माघे संक्रान्ति मेला अन्तर्गत मंगलबारको दोस्रो दिन दर्सकहरुको भिड लागेका थियो । सस्कृतिको जगेर्ना गर्दै आन्तरिक पर्यटन विकास गर्ने उद्धेश्येले आयोजना गरीएको ‘भगवती बजार माघे संक्रान्ति मेला’को दोस्रो दिनमा प्रमुख अतिथि मादी गाउँपालिकाका उपाध्यक्ष विष्णु मायाँ पौडेलले स्थानिय बजारको प्रबद्र्धन गर्दै नेपालीको मौलिक परम्परा र सस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड दिंदै भगवती मन्दिरको दर्शन गर्नाले र मादी नदीको स्नान गर्नाले आफुले सोचेको कुरा पुग्ने विश्वास रही आएको पौडेलले बताइन् ।

बराल डाँडा तमु समाज, युके, हङकङ र यु एस ए को संयुक्त आयोजना तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा जारी रहेको मेला आयोजक समितीका सयोजक चिन बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन मेला सन्चालन समितिका सचिव ज्ञान वहादुर कार्कीले गरेका थिए ।

यसै गरी दोस्रो दिनको आकर्षकको रुपमा रहेको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा राष्ट्रज्योति मावि सैमाराङ प्रथम, जनकल्याण मावि मकैखोला द्धितिय , जनमन्दिर आधारभूत विद्यालय तृतिय र रत्न शोभा मावि माझठाना सान्त्वना भएको थिए । यसै गरी छेलो हान्ने प्रतियोगितामा सूर्य बहादुर अधिकारी पोखरा १३ ढाडबेशीका प्रथम र सुदिन गुरूङ पुतलीबजार न,पा,टकसारका द्धितिय भएका थिए । यसै गरी रसाकसिमा प्रथम रबैडाडा, द्धितिय रबै ८ भएका थिए । पौष ३० गतेदेखि शुरु भएको मेला माघ २ गते समापन हुने र अन्तिम दिनमा ५ वटा समुहको भलिवल प्रतियोगिताको फाइनल खेल हुने भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक विर बहादुर रानाभाटले जनानकारी दिए । मेलामा स्थानिय स्तरमा उत्पादन गरिएका कृषि जन्य बस्तुको खरिद विक्री समेत भएको रानाभाटले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्