ब्रह्मरुपा माध्यमिक विद्यालयको ३९ औं वार्षिकोत्सव सम्पन्न

  • ख-
  • ख+

कविराज खनाल, लेखनाथ , २ माघ ।
पोखरा महानगरापालिका वडा नं. ३२, राजाको चौतारामा रहेको व्रह्म रुपा मााध्यमिक विद्यालयको ३९ औं वार्षिकोत्सव एवं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै पाश्चिमाञ्चल ईन्जिनियरिङ्ग क्याम्पसका प्रा.डा. कृष्णप्रसाद भण्डारीले विद्यार्थीको उज्जल भविश्यको लागि शिक्षक र अभिभावक विच सुमधुर सम्वन्ध कायम हुन सके शैक्षिक विकासमा प्रदेश कै अत्यन्त उच्चकोटीको उत्कृष्ट प्राविधिक विद्यालय हुने कुरामा जोड दिए । शिक्षाको दिगो विकास गर्न सके समाज अगाडी वढ्ने धाराणा राख्दै यस विद्यालयलाई प्रदेशकै सूचना प्रविधि मैत्री शिक्षाको मन्दिरका रुपमा अगाडी वढ्न सक्ने उनले सुझाव दिए ।
विद्यालय निरिक्षक विश्वराज आचार्यले यस विद्यालयलाई प्रदेश नं. ४ कै उत्कृष्ट नमूना प्राविधिक विद्यालयको रुपमा विकास गरी समृद्धीका ढोकाहरु खोल्नु पर्ने, सर्व सुलभ र समान ढंगले शिक्षा क्षेत्रलाई उत्पादन क्षेत्रसंग जोड्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा भण्डारढिक स्रोत केन्द्रका श्रोत व्यक्ति विष्णुप्रसाद तिवारी, लक्ष्मी मा.वि.का प्र.अ. जगन्नाथ अधिकारी, पुर्व वि.व्य.स.का सदस्य यमवहादुर वि.क., भवानी कालिका मा.वि.का प्रधानाध्यापक रमेश भटट्राई, स्मल स्माइल हेभेन एकेडेमीका प्रिन्सिपल ध्रुव गिरी, पूर्व विद्यार्थी एवं समाज सेवी खेमराज अधिकारी, विद्यार्र्थी कल्याणकारी समितिका अध्यक्ष सिमा थापा, अभिभावक सोभाखर सुवेदी र जिवनाथ तिमल्सीना, शिक्षक तेजनप्रसाद अधिकारी लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको उन्नतीको वारेमा वोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम वस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गालाल पण्डितले विद्यालयको प्रगती विवरण र भावि योजना प्रस्तुत गर्दै आगामी दिनमा स्नातक तहको अध्यापन र कास्की जिल्लाकै सूचना प्रविधि मैत्रीे विद्यालयको रुपमा अगाडी वनाउने योजना प्रस्तुत गरेका थिए।
विविध सांस्कृतिक कार्यक्रम सहित विद्यार्थीहरुको पिटी प्रर्दशनी सहित शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको सो कार्यक्रममा विद्यालयको भौतिक एवं शैक्षिक क्षेत्रमा योगदान पुर्याएका शिक्षकहरु मुक्तीनाथ पण्डित, जनार्दन सुवेदी, मधूसूधन सापकोटा, संगिता कंडेल, सिवराम दाम, शंकर प्रसाद मरासैनी, भवानी ढकाल र पिटी शिक्षक सतिधर पौडेललाई सम्मान गरिएको थियो । े ।
२०१५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ८ सय १५ जना विद्यार्थी र ४३ जना शिक्षक कर्मचारी रहेका छन् । भने विद्यालयमा प्राविधिक धार तर्फ कम्प्युटर इन्जिनियर अन्तरगत कक्षा ९ देखि १२ सम्म र विज्ञान विषयको अध्यापन गराइएको छ । विद्यालयमा बमहिरा स्मृति पुरस्कार, विचित्रमोहन स्मृति पुरस्कार, चिरन्जीवि घिमिरे शिक्षा सम्मान पुरस्कार, हरिप्रसाद पगेनी शैक्षिक पुरस्कार, जितवृन्दा छात्रवृत्ति पुरस्कार, गोपीराज÷राधादेवी वाग्ले शैक्षिक पुरस्कार, शालिकराम छलिमाया स्मृति पुरस्कार, प्रतिमा स्मृती पुरस्कार, माधव इन्दिरा पुरस्कार, वाटीका अवार्ड, शौरव स्टेसनरी पुरस्कार र कम्प्युटर शिक्षक कविराज खनालद्धारा प्रदान हुने कम्प्युटर संस्थापक पुरस्कार लगायतका पुरस्कार रहेका थिए ।
प्राविधिक तर्फ र विज्ञान विषयका विद्यार्थीहरुद्धारा शैक्षिक र प्रविधि प्रर्दशनी गरीएको थियो भने अतिथि र अभिभावकले प्रदर्शनीको अवलोकन गरेका थिए । कार्यक्रमको संचालन शिक्षक महेश्वर पण्डित, शंकरप्रसाद मराशैनी र मधूसूधन सापकोटाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्