६० औं वेगनासताल वृहत सफाइ अभियान सम्पन्न

  • ख-
  • ख+

६० औं वेगनासताल वृहत सफाइ अभियान सम्पन्न
लेखनाथ, १२ जेठ ।
पोखरा महानगरपालिका वडा नं.३१ मा रहेको वेगनास युवा क्लबले ६० औं वेगनासताल वृहत सफाइ अभियान शनिवार सम्पन्न गरेको छ । युवा क्बलले सन्चालन गरेको वेगनासताल वृहत सफाइ अभियानलाइ विभिन्न संघ संस्था एवम् व्यक्ति विशेषले सयहोग गर्ने क्रम जारी छ । यसै गरी शनिवारको ६० औं हप्ताको कार्यक्रममा क्लबका शुभ चिन्तक अम्बु पुन र नारायण पुनले १० थान पन्जा सहयोग गरी सफाइ अभियानमा एक्येबद्धता जनाएका छन् ।
युवा क्लबका पदाधिकारीहरु , विभिन्न सामाजिक संघ संस्थाहरु तथा व्यक्ति विशेषको सक्रिय सहभागितामा सम्पन्न गरिएको शनिवारको सफाइ अभियानमा वेगनासताल वरपर, ड्याम साइड , वसपार्क लगाएतका स्थानहरुमा सरसफाइ गरिएको वृहत सफाइका अभियन्ता एवम् क्लबका अध्यक्ष राम रानाभाटले जानकारी दिए । कार्यक्रममा सहभागी सम्पूर्ण संघ संस्था एवम् व्यक्ति विशेषलाइ अध्यक्ष रानाभाटले धन्यवाद दिंदै यो अभियान निरन्तर रुपमा सन्चालन हुने भन्दै आगामी दिनहरुमा सयहोगको अपेक्ष गरे ।
यसै गरी होटल तथा रेष्टुरेन्ट एशोसियन तथा जिल्ला मत्स्य व्यवसायी समितिको संयुक्त आयोजनामा यही जेठ १३ गते देखि हुने पाँचौ संस्करणको वेगनास फिस फेस्टिेबल एवम् कृषि व्यापार मेलाको तयारीलाइ तिब्र पारिएको छ । समग्र वेगनास क्षेत्रको आन्तकि तथा वाह्य पर्यटन प्रवेद्र्धन गर्ने उद्धेश्येले आयोजना गरिएको फिस फिस्टिवललाइ सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी तयारीलाइ तिब्र पारिएको एसोसियसनका अध्यक्ष कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्