पोखरा / माघ १७ । माछापुच्छ्रे गाउँपालिका, वडा नम्बर ८ स्थित वाराही आधारभूत विद्यालयका विद्यार्थीहरूलाई खेलकुद का लागि ट्रयाक र स्टेसनरी सामग्री वितरण गरिएको छ ।
पोखरा २९ जनप्रकाश बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयाराज भण्ढारी र नेपाल शिक्षक महासंघका निबर्तमान सचिव मणिराम कंडेलले संयुक्त रुपमा २५ जना विद्यर्थाीहरुलाई हस्तान्तरण गर्नु भयो ।
विद्यर्थाी, शिक्षकहरु , व्यवस्थापन समिति र अभिभावकको उपस्थिति रहेको उक्त कार्यक्रममा भण्डारीले आफूले पनि लामो समयसम्म अध्यापन गरेको अनुभव व्यक्त गर्दै विद्यार्थीहरूलाई थोरै भए पनि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनु भयो । नेपाल ट्रेड युनियन काङ्ग्रेस, कास्कीका निवर्तमान अध्यक्षसमेत रहनु भएका भण्ढारीले सामुदायिक विद्यालयमा हुने समस्यालाई बुझेर सबैले थोरै भए पनि सहयोग गरेको खण्डमा समाज रुपान्टरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । सामाजिक एवम् मानविय सेवाले मानव जीवनमा आत्मसन्तुष्टि मिल्ने बताउँदै नेपाल शिक्षक संघ कास्कीका पूर्व सभापति भण्ढारीले सामुदायिक विद्यलायमा सबैले सहयोग गर्नुपर्ने खाँचो औल्याउनु भयो ।

यसै गरी नेपाल पोखरा ३० शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक एवम् नेपाल ट्रेड युनियन काङ्ग्रेसकै वरिष्ठ उपाध्यक्ष मणिराम कडेलले विद्यार्थीको पठनपाठन लगायत अन्य शैक्षिक क्रियाकलापमा हौसला मिलोस भन्ने उद्धेश्यका सकाथ सामग्री वितरण गरेको बताउनु भयो । आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि आफूले सक्दो सहयोग गर्ने कंडेलले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवकुमारी गुरूड, प्रधानाध्यापक प्रकाशमान गुरुङ लगायतले विद्यालयका विद्यार्थीका लागि सामाजिक व्यक्तित्वहरुले सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै उक्त सहयोग अविस्मरणीय रहने बताउनु भयो ।