भगवती बजार ऐतिहासिक माघे संक्रान्ति मेला सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा, २ माघ ।
“भगवती बजार जाऔं,माघे संक्रान्ति मेला भब्य रुपमा मनाऔं,मौलिक सस्कृतिको जगेर्ना गरौ” भन्ने नाराका साथ कास्की जिल्लाको मादी गाँउपालिका ११ भगवती बजारमा पुस ३० गते बाट शुरु भएको ऐतिहासिक माघे संक्रान्ति मेला बुधवार सम्पन्न भएको छ ।
सस्कृतिको जगेर्ना गर्दै आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यले आयोजना गरीएको ‘भगवती बजार माघे संक्रान्ति मेला’ मा आयोजना गरीएको मादी गाँउ पालिका स्तरीय भलिवल प्रतियोगितामा संरक्षयण युवा क्लव घ्यामरूमको समुह प्रथम, जुरे भुमि युवा क्लव तप्राङ द्वितीय भएका थिए । भलिवल प्रतियोगितामा प्रथम हुने समुहले नगद रु ५० हजार द्वितीय हने समुहले नगद रु ३० हजार र प्रमाण पत्र प्राप्त गरेका थिए ।
बराल डाँडा तमु समाज, युके, हङकङ र यु एस ए को संयुक्त आयोजना तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा सम्पन्न भएको मेलामा महिलाको लागी राखिएको म्युजिकल चिर्यस प्रतियोगितामा पुनम गुरूङ प्रथम तथा मोति गुरुङ द्वितीय हुदै क्रमश नगद ६ हजार र ४ हजार प्राप्त गरेको मेला आयोजक समितीका सचिव ज्ञान वहादुर कार्कीले जानकारी दिए । विजयी खेलाडीहरूलाई मादी गाउपालिका उप प्रमुख विष्णु माया पौडेल बरालडाँडा तमु समाज पोखरा १२ का अध्यक्ष क्याँ ढोल वहादुर गुरुङ मेला आयोज समितीका सयोजक चिन बहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
मेला आयोजक समितिका सयोजक चिन बहादुर गुरूङको अध्यक्षतामा भएको समापन कार्यक्रमको सन्चालन मेला आयोजक समितिका सचिव ज्ञान बहादुर कार्कीले गरेका थिए । मेलामा तरेली सांस्कृतिक परिवारको उत्कृष्ट नृत्य प्रद्रर्शन र विभिन्न भजन चुड्का, सोरठी, घाटु नृत्य समेत प्रस्तुत गरिएको थियो । मेलामा कृषि, पर्यटन, उद्योग व्यापार र वृहद प्रर्दशनी गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्