रुपा मेला सुरु

  • ख-
  • ख+

पोखरा, २९ पुष ।
रुपा गाउको बृहत प्रर्यटन बिकासका लागि धु्रव तारा क्लबले हरेक बर्ष गर्दै आयको रुपा मेला २०७५ आईतवार देखि सुरु भएको छ । माघ १ गते सम्म सन्चालन हुने तिन दिनको मेलाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खगराज अधिकारी ग्रामिण पर्यटन विकासका लागि यस प्रकारका मेला र महोत्वसले सहयोग पु¥याउने धारणाा राख्दै नेपाल र नेपालीको गौरव भनेकै हाम्रो कला,सस्कृती र यहाँको प्राकृतीक सन्दर्यौ भएकाले यसलाई बचाई राख्नु हामी सवैको कर्तव्य हो उनको भनाई रहेको थियो ।

मेलाको पहिलो दिन झाकी प्रदर्सनी प्रतियोगिता सम्पन्न भयो प्रतियोगितामा तमु ह्युला धि तालबेसी प्रथम शान्ती रुपा बराहथोक तमु समाज दितिय, मोहोरिया गाउँ तृतिय भय। यसै गरि प्रा बि स्तरिय खुल्ला हाजिरजवाफ प्रतियोगितामा श्री बिश्व शान्ती मा बि रुपा ५ प्रथम, श्री चन्द्रप्रभा मा बि रुपा(६ द्वितीय र श्री रुपा ज्योती मा बि रुपा ६ तृतीय हुन सफल भयका छ्न साथै सान्त्वना पुरस्कार श्री देउराली आ बि रुपा ७ ले प्राप्त गरेका छ्न। यश प्रतियोगितामा ११ बिद्यालयले भाग लिएका थिय।

यसै गरि १५ औ ध्रधु्रव तारा भलिबल प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य दिपक कोइरालाले गरेका थिए । सोमवार भलिबलका खेलहरु, नृत्य प्रतियोगिता, लोक दोहोरी, हास्य प्रहर्सन, पप कन्सर्टका कार्यक्रम हरु रहेको छ मेलाका मुल संयोजक प्रेम खड्काले जानकारी दिएका छन् । क्लब ले बिगतका महोत्सवहरुबाट आफननै ब्यब्स्थित भबन, सभा हल, अतिथी गृह, शौचालय, ब्यापारिक भबन, खेलमैदान जस्ता भौतिक संरचना निर्माण गरिसकेको छ। हालै क्लबले हात्तिमैता भ्यु पोइन्ट, सभाहल मर्मत लगायत का संरचना निर्माण कार्यमा लागिरहेको छ। साथै क्लबले यस बर्ष को मेलालाई रुपाप्रेमी महानुभाब हरु लाई उपस्थिति गराइ रुपाको बृहत बिकासमा सहभागी गराउने सोच राखेको छ। मेला लाई भिर्चोक आमा समूह, रुपा गाउपालिका, भिर्चोक प्रवासी मञ्च, र धुबतारा दुबइ शाखा को बिशेष सहयोग रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्