भगवती बजार माघे सङ्क्रान्ति मेला सुरु

  • ख-
  • ख+

पोखरा , ३० पुष ।
कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा ऐतिहासिक माघे संक्रान्ति मेला शुरू भएको छ । आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यले आयोजना गरीएको ‘भगवती बजार माघे संक्रान्ति मेला’ को उद्घाटन गर्दे गण्डकी प्रदेश सभासद मिना गुरूङले बाजे बराजुले जोगाएको यो एतिहासीक मेला परीस्कृत रूपमा मनाउनु पर्ने बताउदै बरालडाँडा गाउको बिकासको लागी समाजसग मिलेर आफुले काम गर्ने बताइन् ।
गुरूङले गाँउका महिला दिदीबहिनीहरूलाई सिपमुलक तालिम गरेर स्वरोजगार हुन समेत आग्रह गरिन् । कायर्यक्रममा बिषेश अतिथि मादी गाँउपालिका ११ का वडा अध्यक्ष मित्र बहादुर गुरूङले मादी नदीको सदुपयोग गरेर मादी गाँउपालिकाको विकास गर्न सकिने बताउदै कास्की जिल्लाको यो एतिहासीक मेला स्थलमा मेला गर्न मिल्ने एउटा सामुदायिक भवन आवस्यक रहेको बताए । कार्यक्रममा बरालडाँडा तमु समाजका अध्यक्ष क्या.ढोल वहादुर गुरूङले यो एतिहासीक मेलाको ठुलो महत्व रहेको बताए ।
मेला आयोजक समिताका सयोजक चिन बहादुर गुरूङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य मेला आयोजक समितिका सदस्य राम बहादुर रानाभाटले प्रकाश गरेका थिए भने कार्यक्रममा बरालडाँडा चेलीवेटी समाजका कोषाध्यक्ष काशीमाया गुरूङ लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन मेला सन्चालन समितिका सचिव ज्ञान वहादुर कार्कीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्